लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमितको नि:शुल्क उपचार गरिदिने

  २०७७ कार्तिक ४ गते ११:४३     विकासन्युज

काठमाडाैं । सरकारले सिमित वर्गकाे मात्र काेराेना परीक्षण निशुल्क गरिदिने भन्दै गर्दा लुम्बिनी प्रदेश सरकारले भने काेराेना संक्रमितकोकाे उपचार निशुल्क नै गर्ने जनाएकाे छ ।

मुख्यमन्त्री शंकर पोखरेलले लुम्विनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि निशुल्क उपचारको व्यवस्था यथावत रहेको जनाएका हुन् । पाेखरेलले उनकाे फेसबुक स्टेटस मार्फत यस्ताे जानकारी दिएका हुन् ।

यसअघि सरकारले सबै नेपालीकाे लागि निशुल्क गरेकाे काेराेना उपचार शुल्क कात्तिक २ गतेदेखि लागु हुने गरी सशुल्क गराएकाे छ । सरकारले आर्थिक रुपले विपन्न, अशक्त र असाहय अवस्थामा रहेका नागरिक, असाहय एकल महिला, अति अपांगता भएका नागरिकहरु, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मीहरु, सरसफाई कर्मचारीहरु लगायत जोखिमपूर्ण क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई मात्र निःशुल्क परीक्षण र उपचार गरिदिने समूहमा राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.