झापाका गौतमले फर्म भरेकै भरमा पाए टीभीएसको बाइक

  २०७७ कार्तिक ३ गते १४:०६     विकासन्युज

काठमाडौं । ‘टीभीएस दसैंको आशा’ योजना अन्तर्गत झापा विर्तामोड-५ का गणेशप्रसाद गौतमले टीभीएस अपाचे आरआर ३१० मोटरसाइकल प्राप्त गरेका छन् । टीभीएसको कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिद नगरी उनले फर्म भरेकै भरमा उक्त बाइक निःशुल्क पाएका हुन् ।

गौतमले टीभीएसको वेवसाइट मा गएर फारम मात्र भरेका थिए । हरेक साता टेलिभिजन र टीभीएसको फेसबुकमा प्रत्यक्ष प्रशारणमार्फत गरिने लक्की ड्र मार्फत गौतमले टीभीएस अपाचे आरआर ३१० मोटरसाइकल प्राप्त गरेका हुन् ।

टीभीएसको बिर्तामोडका लागि आधिकारिक बिक्रेता पाथिभरा अटोलिंक बिर्तामोडमा आयोजित कार्यक्रममा गौतमलाई टीभीएस अपाचे आरआर ३१० मोटरसाइकलको चावी हस्तान्तरण गरिएको थियो ।

विर्तामोड उद्योग वाणिज्य संघका महासचिव तथा रोटरी क्लव अफ विर्तामोड मिडटाउनका प्रेसिडेन्ट प्रशान्त भण्डारी, पाथिभरा अटोलिंकका सञ्चालक याम कार्की, जगदम्बा मोटर्सका क्षेत्रीय प्रतिनिधि तीर्थ रिजाल लगायतले गौतमलाई टीभीएस अपाचे आरआर ३१० मोटरसाइकलको चावी हस्तान्तरण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.