नेप्सेले खारेज गर्याे ५ ब्रोकर कम्पनीको मार्जिन कारोबार सदस्यता, कुन कुनकाे ?

  २०७७ कार्तिक ३ गते १२:००     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले विभिन्न ५ वटा ब्रोकर कम्पनीको मार्जिन कारोबार सदस्यता खारेज गरेको छ । नेप्सेले मार्जिन कारोबार सेवा नवीकरणका लागि निवेदन नदिएका ५ ब्रोकर कम्पनीको सदस्यता खारेज गरेका हो ।

हालसम्म २२ वटा ब्रोकर कम्पनीहरूले मार्जिन कारोबारको लागि अनुमति पाएका थिए । जसमध्ये १७ कम्पनीले नविकरण गर्न निवेदन दिएका छन् भने बाँकी ५ कम्पनीले हालसम्म निवेदन नदिएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार २८ नम्बरको श्री कृष्ण सेक्युरिटिज, ५२ नम्बरको सुन्धारा सेक्युरिटिज, १० नम्बरको प्रज्ञान सेक्युरिटिज, ५८ नम्बरको नासा सेक्युरिटिज र २२ नम्बरको सिप्रवी सेक्युरिटिजले नविकरणको लागि निवेदन दिएका छैनन् । त्यसैले, नेप्सेले उक्त कम्पनीको मार्जिक कारोबार सदस्यता खारेज गरेको हो ।

मार्जिन कारोबार सदस्यता खारेज भएका कम्पनीहरू

मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि २०७५ परिच्छेद २ को दफा ६(२)मा भएको व्यवस्था अनुसार नेप्सेले उक्त ब्रोकर कम्पनीको अनुमति पत्र स्वतः खारेज गरेको जानकारी गराएको छ ।

मार्जिन कारोबार सेवा नवीकरण गरेका कम्पनीहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.