केन्ट आरओको दशैं र तिहार अफरः चार वटा एलईडी बल्ब उपहार

  २०७७ असोज २९ गते १६:४८     विकासन्युज

काठमाडौं । ईओएल प्रालि., नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले दशैं र तिहारलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।

केन्ट आरओले “१०० प्रतिशत शुद्ध पानीको संरक्षणसहित यस उत्सवको मौसम, स्वस्थ रहनुहोस्” भन्ने नारासहित उक्त अफर जारी गरेको हो । यस अन्तर्गत केन्टको कुनै पनि आरओ मोडलको खरिदमा चार वटा एलईडी बल्बको उपहार प्याक प्रदान गरेको छ । यो ग्राहक योजना असोज १ गतेदेखि देशभर सीमित अवधिको लागि लागू गरिएको छ ।

आज सफा पिउने पानी आवश्यकता बनेको छ । प्रत्येक वर्ष लाखौं नेपाली पानीजन्य रोगहरूले संक्रमित हुन्छन् र हजारौंले आफ्नो ज्यान गुमाउँछन् । पिउने पानीमा उच्च टिडीएस, ब्याक्टेरिया, भाइरस, कीटनाशक र अन्य हानिकारक रसायनहरू समावेश हुन सक्छ ।

साथै, घरहरूमा आपूर्ति गरिएको पानी रस्ट र पुरानो पाइपलाइनहरू मार्फत आउने र अस्वस्थ ट्याङ्कीमा भण्डारण हुने गर्दछ । पिउनुभन्दा पहिले पानी शुद्ध छ भन्ने कुरा सुनिश्चित गर्न अत्यन्त महत्त्वपूर्ण छ । यसैले, आरओबाट प्रशोधित भएको पानी हाम्रो परिवारको स्वस्थ जीवन र कल्याणको लागि महत्वपूर्ण आवश्यकता भएको छ ।

केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन् । केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू/डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि उपलब्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.