कोरोना संक्रमणबाट मृत्यू भएका गिरीको परिवारलाई एलआईसी नेपालले गर्यो १ करोड बीमा दाबी भुक्तानी

  २०७७ असोज २६ गते १६:४२     विकासन्युज

काठमाडौं । एलआईसी नेपालले १ करोड रुपैयाँ बराबरको बीमा गराएको एक महिना अवधि नपुग्दै मृत्यु भएका एक बिमितको हकवालालाई बीमा दाबी भुक्तानी गरेको छ ।

एलआईसी नेपालमा बीमा गराएका सुवासचन्द्र गिरीको कोरोना भाइसर (कोभिड–१९) संक्रमणबाट निधन भएपछि दाबी भुक्तानी गरिएको कम्पनीले जानकारी दिएको छ ।

गिरी नवलपरासीका नेपाली काँग्रेसको जिल्ला सदस्य समेत थिए । नवलपरासीमा ब्लक उद्योगका संचालन गिरी ३८ वर्षका थिए ।

गत साउन ४ गते एजेन्सी म्यानेजर प्रभा ज्ञवालीबाट गिरीको बीमा भएको थियो । एक करोड रुपैयाँ बराबरको बीमा गराएका गिरीको बीमा गरेको एक महिना नपुग्दै (२६ दिनमा नै) मृत्यु भएको थियो ।

बीमा गराउने बेला उनलाई कोरोना संक्रमण देखिएको थिएन । तर साउन अन्तिम सातामा उनलाई कोरोना संक्रमण पुष्टी भएको थियो । गत भदौ १ गते गिरीको निधन भएको कम्पनीले जानकारी दिएको छ ।

‘नेपाली कांग्रेस र एलआईसी नेपालको संयुक्त आयोजनामा एक कार्यक्रम गरेर मृतक गिरीको हकवालालाई दाबी भुक्तानीको चेक प्रदान गरियो, बीमाप्रतिको सकारात्मक धारणा वृद्धी हुने भएकोले र नेपाली काँग्रेसले पनि औपचारिक कार्यक्रम गरौं भन्ने आशय व्यक्त गरेकोले यसरी चेक हस्तान्तरण गरिएको हो,’ एलआईसी नेपालको एजेन्सी म्यानेजर ज्ञवालीले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.