पेन्सन खानेलाई सरकारले थप्यो अर्काे सुविधा, अब ६/६ महिनामा बैंक धाउनु नपर्ने

  २०७७ असोज २६ गते ९:५७     विकासन्युज

काठमाडौं । सरकारले पेन्सन दिने अवकाशप्राप्त कर्मचारीको लागि अर्काे सुविधा थप गरेको छ । यसअघि प्रत्येक ६ महिनामा आफै उपस्थित भएर बैंक खाता सक्रिय गर्नुपर्ने व्यवस्था सरकारले हटाएको छ ।

महालेखा नियन्त्रकको कार्यालयले यस्तो व्यवस्था गरेको हो । विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) का कारण बैंक जानु जोखिमपूर्ण भएकोले आगामी मंसिर मसान्तसम्म निवृत्तभरण व्यवस्थापन कार्यालयले नै बैंक खाता सक्रिय बनाइदिने भएको हो ।

सरकारी सेवाबाट अवकाश पाएका कर्मचारीहरुले पाइरहेका पेन्सन लिनको लागि लागि हरेक ६/६ महिनामा सम्बन्धित बैंकमा आफै उपस्थित भएर आफ्नो बैंक खाता सक्रिय बनाउनु पर्ने व्यवस्था थियो ।

‘हालको विश्वव्यापी कोरोना महामारीको संक्रमणको कारणले यसरी उपस्थित हुनुपर्ने व्यवस्था अनिवार्य नगर्न र हाललाई २०७७ मंसिर मसान्तसम्म निवृत्तभरण व्यवस्थापन कार्यालय मार्फत नै निवृत्तीभरण खाता सक्रिय गराई रकम भुक्तानी लिनसक्ने व्यवस्था मिलाइएको छ,’ महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले भने ।

One comment on "पेन्सन खानेलाई सरकारले थप्यो अर्काे सुविधा, अब ६/६ महिनामा बैंक धाउनु नपर्ने"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.