शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण, पाटन अस्पतालमा भर्ना

  २०७७ असोज २५ गते १६:४७     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार राति ज्वरो आएर पाटन अस्पताल भर्ना भएका मन्त्री पोखरेलको पीसीआर परीक्षण गर्दा आइतबार कोभिड(१९ पोजिटिभ देखिएको बताइएकाे छ ।

पाटन अस्पतालमै उपचाररत मन्त्री पोखरेलको स्वास्थ्य अवस्थामा सामान्य रहेकाे बताइएकाे छ । शनिबार लक्षणसहितको कोरोना पुष्टि भएपछि मन्त्री पोखरेल पाटन अस्पतालको आइसोलेसनमा बसेका छन्। ज्वरो आएपछि उनी शनिबारै चिकित्सकको निगरानीमा रहने गरी पाटन अस्पतालमा बसेका थिए।

यसैबीच मन्त्री पोखरेलको सचिवालयले उनीसँग सम्पर्कमा आएका सबैलाई सतर्क र सुरक्षित हुन आग्रह गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.