आरएसडिसी लघुवित्तले १२.६३ प्रतिशत लाभांश दिने, बाेनसदरमा वृद्धि

  २०७७ असोज २५ गते ११:५२     विकासन्युज

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको बाेनस र नगद गरी सो मात्राको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

जसमध्ये संस्थाले ९ प्रतिशत बोनस र कर प्रयोजनको लागि समेत गरी ३.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव असोज २४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो ।

बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारण सभाले पारित गर्नुपर्ने हुन्छ ।

हाल संस्थाको चुक्ता पुँजी ६७ करोड १५ लाख रुपैयाँ रहेको छ । ९ प्रतिशत बोनस पश्चात संस्थाको चुक्ता पुँजी ७३ करोड १९ लाख रुपैयाँ नाघ्ने छ ।

अघिल्लो आवकाे तुलनामा गत आवकाे कुल लाभांशदर कम हाे भने बाेनसदरमा भने वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६मा संस्थाले सेयरधनीलाई ६ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.