टेरापे र जिएमइ रेमिटबीच रेमिट्यान्स सम्झौता

  २०७७ असोज २१ गते ११:३६     विकासन्युज

काठमाडौं । विश्वको ख्याति प्राप्त डिजिटल रेमिटान्स कम्पनी टेरापे र जिएमइ रेमिट प्रा.लि बिच रेमिटान्स सम्झौता भई कारोबार सुरु भएको छ ।

जिएमइ रेमिटको माध्यमबाट विश्वभर रहेको टेरापेका सम्पूर्ण एजेन्टहरुबाट सजिलैसँग नेपालमा रहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सकिन्छ । नेपालमा जिएमइ रेमिटसँग आवद्ध सबै बैंक तथा वित्तीय संस्थाहरुबाट सजिलै रकम भुक्तानी लिन मिल्ने गरी खातामा तुरुन्तै रकम जम्मा गर्न सकिनेछ ।

उक्त सम्झौतामा जिएमइ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र टेरापेको तर्फबाट निर्देशक दिल्शाद राजबलीले हस्ताक्षर गरेका छन् ।

जिएमइ रेमिट प्रा.लि ले विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नोे छुट्टै पहिचान बनाई सफलता हाँसिल गर्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.