जगदम्बा स्टीलले बजारबाट डण्डी फिर्ता लियो, ग्राहकको विश्वसनियतालाई थप मजबुत बनाउने प्रतिबद्धता

  २०७७ असोज १९ गते १२:४६     विकासन्युज

काठमाडौं। जगदम्बा स्टीलले बजारबाट १६ मिमि एफइ र ५०० ग्रेडका डण्डीहरु फिर्ता लिएको छ । मानवीय त्रुटीका कारण १६ मि।मि। एफइ ५०० ग्रेडको एउटा डण्डीमा मात्रै केही गुणस्तरीय कैफियत देखिएको जानकारी दिंदै कम्पनीले आफ्नो गुणस्तरीय प्रतिवद्धताका लागि डण्डी फिर्ता लिएको विज्ञप्ती मार्फत जनाएको हो ।

कम्पनीले बजारबाट फिर्ता लिइएका र उद्योग परिसरमा रहेका उक्त व्याचका सम्पूर्ण १६ मि. मि. ५०० ग्रेडका डण्डीलाई नेपाल गुणस्तर तथा नापतौल विभागको रोहबरमा नष्ट गरिरहेको समेत जानकारी दिएको छ।

कम्पनीले ग्राहकको हित र गुणस्तरीयताको प्रतिवद्धताका कारण आफ्नो कम्पनी आजको अवस्थामा आइपुगेको भन्दै त्यसका लागि ग्राहकप्रति आभार पनि व्यक्त गरेको छ।

कम्पनीले २५ वर्षदेखि नेपाल गुणस्तरमार्फत गुणस्तर प्रमाणपत्र लिएर डण्डीको उत्पादन गर्दै आएको पनि विज्ञप्ती जारी गरेर स्मरण गरेको छ। कम्पनीले वर्तमान र भविष्यमा पनि आफ्ना सम्पूर्ण ग्राहकको विश्वसनीयतालाई अझ बढि प्रगाढ बनाउन गुणस्तरमा कुनै पनि हालतमा सम्झौता नगर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.