सानिमा बैंकको ग्राहकले दराजबाट सामान खरिद गर्दा २५०० सम्म छुट पाउने

  २०७७ असोज १९ गते ९:४८     विकासन्युज

काठमाडौं । दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि “दशैं धमाका” योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ्ग पोर्टल दराजसँगको सहकार्यमा बैंकले डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई लक्षित गर्दै याे याेजना सार्वजनिक गरेकाे हाे ।

यस योजना अन्तर्गत सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २०% वा अधिकतम २,५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

यस योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई फर्स्ट कम फर्स्ट सर्भको आधारमा छुट प्रदान गरिने छ । यो योजना यही १९ आश्विनदेखि कात्र्तिक २ गतेसम्म, दुई साताका लागि लागु हुने बैंकले जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.