अब अनलाइनबाटै हराएको गाडीकाे निवेदन र सिफारिस दिन सकिने

  २०७७ असोज १८ गते १६:०८     विकासन्युज

काठमाडौ । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले चोरी भएको वा फेला परेको सवारीसाधनको अभिलेख व्यवस्थापन सफ्टवेयर उद्घाटन गरेका छन् । याेसँगै अब हराएको सवारी साधनको निवेदन र सिफारिस पनि अनलाईनबाटै दिने मिल्ने भएकाे छ । आइतबारबाटै याे सेवा सुरु भएकाे महाशाखाले जनाएकाे छ ।

यसको लागि सवारी धनीले अब ट्राफिक प्रहरीको वेभसाइटमा गएर फर्म भर्नुपर्ने हुन्छ । वेबसाइट खोलेपछि दायाँतर्फ रहेको अनलाईन एप्लिकेसन भित्र रहेको लस्ट भेईकल एप्लिकेसन मा क्लिक गर्नुपर्ने हुन्छ ।

त्यसपछि सेवाग्राहीले एप्लिकेसनमा क्लिक गरेपछि माग भएबमोजिम सेवाग्राहीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ ।  माग भएअनुसार सबै विवरण भरिसकेपछि सेभ अप्सनमा क्लिक गरेपछि निवेदकले एप्लिकेसन नम्बर प्राप्त गर्न सक्नेछन् र सेवाग्राहीले अनलाइनबाटै सवारी साधन फेला परे नपरेको थाहा पाउन चेक एप्लिकेसनमा क्लिक गरी दिएको एप्लिकेसन नम्बर, पुरा नामथर र सवारी नम्बर राखेर चेक गर्नुपर्नेछ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.