स्वास्थ्यमा गम्भिर असर गर्ने भन्दै थप ९ स्यानिटाइजरमा लगाइयाे प्रतिबन्ध

  २०७७ असोज १२ गते ९:४३     विकासन्युज

काठमाडाैं । औषधि व्यवस्था विभागले मापदण्डविपरीत बनाइएका थप ९ वटा  स्यानिटाइजरलाई प्रतिबन्ध लगाएकाे छ । विभागले बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड स्यानीटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर सम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसायन मिथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको हो ।

विभागले साेमबार सुचना जारी गर्दै एक भारतिय कम्पनिकाे साथै पर्साकाे २, बनेपाकाे २, ललितपुरकाे १ र काठमाडाैंकाे ३ वटा स्यानिटाइजर उत्पादकहरुलाई प्रतिबन्ध लगाएकाे छ ।

परीक्षण गर्दा भारतीय कम्पनी सिभिका कस्मेक्युटिकल्स लिमिटेड उत्तराखण्डको हर्बलट्री ह्याण्ड रबमा ६२ प्रतिशत मिथानेल, आर केमिकल एण्ड प्याकेजिङ इण्डस्ट्रिज पर्साको रिप्याक गरिएका कुम ह्याण्ड स्यानिटाइजर र क्लिन ह्याण्ड स्यानिटाइजर, कुमकुम हर्बल इण्डस्ट्रिज बनेपाका कुमकुम इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर र इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने मिथानोल र इथानोलको मिसावट रहेका पाइएको जनाइएको छ ।

यसैगरी ओम आरोग्य हेल्थकेयर प्रालि इमाडोल ललितपुरको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, साधना सप्लायर्स काठमाडाैंको साधना इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर र कालिका सोप एण्ड केमिकल इण्डस्ट्रिजका ड्रोन ह्याण्ड स्यानिटाइजर (पहेंँलो रङ्गको) र रङ्गबिनाका दुई स्यानिटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाइएको हो ।

विभागले सर्वसधारणलाई सूचनामार्फत ती स्यानिटाइजरहरु प्रयोग नगर्न आग्रह गरेको छ ।विभागले यसअघि ९ उद्योगहरुलाई क्षतिपूर्तिसहितको जरिवाना र बन्द गराउने गरी कारबाही गरेकाे थियाे । 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.