फोर्स मोटर्सको दशैं योजना: ५ लाख डाउन पेमेन्टमै गाडी, ९ महिना सम्म किस्ता ब्याज तिर्न नपर्ने

  २०७७ असोज ९ गते १३:१५     विकासन्युज

काठमाडौं । फोर्स मोटर्सको आयतकर्ता हिमालय अर्गनाइजेशन अन्तर्गत आयाम इन्टरकन्टिनेन्टलले दशैं आर्शिवाद उपहार योजना ल्याएको छ । दशैं र तिहारको अवसरमा ग्राहकको सुविधालाई ध्यानमा राखि यो दशैं आर्शिवाद उपहार योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

यो अफर अन्तर्गत फोर्स मोटर्सको १४ सिट क्षमता भएको ट्राक्स क्र्र्रुजर जीप खरिदमा ९ महिना सम्म किस्ता र व्याज तिर्न नपर्ने, ९ लाख मात्र डाउन पेमेन्टमा गाडी खरिद गर्न सकिने अथवा स्क्र्याच कुपन मार्फत २ लाख देखि १० लाख सम्म नगद मध्ये कुनै एक अफर रोजी रोजी लिन सकिने योजना रहेको हिमालय अर्गनाइजेशनका अध्यक्ष ध्रुव थापाले बताए ।

यसै गरी ट्राक्स कार्गोकिङ पिक अपको खरिदमा ८ महिना सम्म किस्ता ब्याज तिर्न नपर्ने,  ५ लाख ५० हजार मात्र डाउन पेमेन्टमा गाडी खरिद गर्न सकिने अथवा स्क्र्याच कुपन मार्फत १ देखि ५ लाख सम्म पक्का नगद मध्ये कुनै एक अफर रोजी रोजी लिन सकिनेछ ।

त्यस्तै २६ सिट क्षमता भएको ट्राभलर टि २ मिनीबसको खरिदमा ७ महिनासम्म किस्ता ब्याज तिर्न नपर्ने, १२ लाख मात्र डाउन पेमेन्टमा गाडि लिन सकिने अथवा स्क्र्याच कुपन मार्फत २ देखि ६ लाख सम्म पक्का मध्ये कुनै एक अफर रोजेर लिन सकिने सुबिधा रहेको छ ।

विगत ७ बर्ष देखि फोर्स मोटर्स लि. ले नेपालमा आफ्नो आधिकारीक आयातकर्ता÷विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.ली मार्फत आफ्ना गाडिहरुको विक्रि वितरण गर्दै आईरहेको छ । कम्पनीले सबै भन्दा धेरै सिट क्षमताको जिप (१४ सिट) र ३ बर्ष वा ३ लाख कि.मि. को इन्जिन वारेन्टि भएको मर्सिडिज बेन्ज इन्जिन जडित जिप तथा पिकअप, डेलिभरी भ्यान, बस लगायतका गाडिहरुको आयात तथा विक्रि वितरण गर्दै आएको हिमालय अर्गनाइजेशन र आयाम इन्टरकन्टिनेन्ट प्रा लि का अध्यक्ष ध्रुव थापाले जानकारी दिए ।

आयाम इन्टरकन्टिनेन्टलले काठमाण्डौंको गैह्रिधारा, पोखराको चाउथे, सुनसरीको इटहरी, मकवानपुरको हेटौडामा आफ्नै शोरुम संचालनमा ल्याएको छ । स्थानीय डिलरको रुपमा चितवनको भरतपुर,झापाको विर्तामोड, धनुषाको जनकपुरका डिलर मार्फत फोर्सको विभिन्न मोडेलका गाडिहरु विक्रि गरिरहेको छ । यि शोरुमहरुमामा विक्रि पछिका सेवाहरु सहितको सुविधा रहेको हिमालय अर्गनाइजेशनका महाप्रबन्धक मनोज इटनीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.