लगातार तेस्रो दिन पनि घट्याे सुनकाे मूल्य

  २०७७ असोज ८ गते ११:२०     विकासन्युज

काठमाडौं । बिहिबार सुनको मूल्य प्रतितोला १२ सय रूपैयाँले घटेकाे छ । बुधबार प्रतितोला ९४ हजार ४ सयमा कारोबार भएको सुन बिहिबार घटेर प्रतितोला ९३ हजार १ सय रूपैयाँमा पुगेकाे हो ।

मंगलबार यता सुनकाे मूल्य घटिरहेकाे छ । म‌गलबार १७ सय र बुधबार १२ सयले सुनकाे मूल्य घटेकाे थियाे । यसरी बिहिबार सहित तीन दिनमा सुनमा ४१ रुपैयाँ घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेकाे छ । बुधबार ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन बिहिबार १२ सय रुपैयाँ कम अर्थात ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार चाँदीको मूल्य ७० रुपैयाँले घटेर ११२० रुपैयाँमा कारोबार भइरहेको छ जुन अघिल्लो दिन ११९० मा काराेबार भइरहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.