एनआरएन लघुवित्तले एफपीओ जारी गर्न बोलायो विशेष साधारण सभा, अन्य प्रस्ताव के के छन् ?

  २०७७ असोज ५ गते १५:१५     विकासन्युज


काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्थाले एफपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । संस्थाले आगामी असोज १८ गते आइतबार बिहान ११ बजे धनगढीस्थित कैलाली(होटल दिनेश) उक्त सभा बोलाएको हो ।

संस्थाले एफपीओ जारी गर्ने सहित विभिन्न ६ वटा विशेष प्रस्ताव पारित गर्न उक्त सभा बोलाएको हो । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थाले वित्तीय संस्थाको नाम परिवर्तन गर्ने विशेष प्रस्ताव रहेको छ ।

नाम परिवर्तन पश्चात संस्थाको कर्पोरेट कार्यालय काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ९ मा स्थापना गर्ने सञ्चालक समितिको प्रस्ताव रहेको छ ।

त्यस्तै, मर्जर पश्चात कायम रहने एनआरएन लघुवित्त वित्तीय संस्थाको आगामी ४ वर्षे कार्यकालको लागि ४ जना संस्थापक र २ जना सर्वसाधारणको तर्फबाट गरी जम्मा ६ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव रहेको छ ।

यस वित्तीय संस्थामा गाभिएका साविकका किसान माइक्रोफाइनान्स वित्तीय संस्था र दिव्य लघुवित्त वित्तीय संस्थासँगको मर्ज अनुमोदन गर्ने लगायतको प्रस्ताव रहेको संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.