प्रभु लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा असोज २९ गते

  २०७७ असोज ५ गते १४:०४     विकासन्युज

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आफ्नो तेश्रो वार्षिक साधारण सभा आगामी असोज २९ गते आव्हान गरेको छ । उक्त सभा सो दिन बिहान ११ बजे काठमाडौंको नक्साल स्थित काठमाडौं म्यारियट होटलमा बस्ने निर्णय भएको छ ।

सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल पारित गर्ने भएको छ । साथै, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु स्वीकृत गर्ने छ ।

कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षकमा श्याम कार्की एण्ड कम्पनी पुनः नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने इन्स्योरेन्सको सामान्य प्रस्ताव रहेको छ ।

साथै, कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई बाेनस तथा नगद लाभांश दिने कुनै प्रस्ताव गरेकाे छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.