म्याग्दी जिल्ला कोरोनामुक्त

  २०७७ असोज १ गते १६:२१     विकासन्युज

म्याग्दी । म्याग्दी कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ । जिल्लाको क्वारेन्टिन र आइसोलेसनबाट १७ कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि म्याग्दी कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

एक महिनाअघि पनि म्याग्दी कोराना सङ्क्रमणमुक्त जिल्ला बनेको थियो तर सरुवा भएर आएका एक प्रहरीमा कोरोना सङ्क्रमण देखिएपछि पुनः कोरोना सङ्क्रमणयुक्त जिल्ला भएको थियो । सङ्क्रमित प्रहरीको पिसिआर परीक्षणको नतिजामा बुधबार नेगेटिभ आएपछि म्याग्दी पुनः कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ ।

प्रजिअ अधिकारीका अनुसार आइसोलेसनमा रहेका एक मात्र सङ्क्रमित प्रहरी जवानको पनि पिसिआर रिपोर्ट नेगेटिभ आएकाले यो जिल्ला कोरोना सङ्क्रमणमुक्त भएको हो । समुदायस्तरमा सङ्क्रमण फैलिन नदिन म्याग्दीमा उच्च सतकर्ता अपनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.