आशा लघुवित्तको १५ प्रतिशत लाभांश प्रस्ताव, चुक्ता पुँजी साढे २६ करोड नाघ्ने

  २०७७ असोज १ गते १०:५८     विकासन्युज

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १५.७८९ प्रतिशत अर्थात ३ करोड ६६ लाख ७७ हजार ५३ रुपैयाँ बराबरको लाभांश दिने प्रस्ताव गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

संस्थाले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश गरी संस्थाले सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

संस्थाको सञ्चालक समितिले गरेको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा आगामी साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । संस्थाको सञ्चालक समितिको ७८औं बैठक भदौ ३१ गते बसेको थियो ।

हाल संस्थाको चुक्ता पुँजी २३ करोड २२ लाख ८८ हजार रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पुँजी २६ करोड ७१ लाख रुपैयाँ नाघ्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.