फेरी बढ्याे सुनको मूल्य, कतिमा हुँदै छ काराेबार ?

  २०७७ भदौ ३० गते ११:२७     विकासन्युज

काठमाडौं । म‌गलबार सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले बढेकाे छ । साेमबार प्रतितोला ९६ हजार ९ सयमा कारोबार भएको सुन म‌गलबार बढेर प्रतितोला ९७ हजार ५ सय रूपैयाँमा पुगेकाे हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनको मूल्य पनि बढेकाे छ । साेमबार ९६ हजार ४ सयमा रुपैयाँमा कारोबार भएको तेजावी सुन म‌गलबार ६ सय रुपैयाँ बढी अर्थात ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार चाँदीको मूल्य २० रुपैयाँले बढेर एक हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । जुन अघिल्लो दिन अर्थात साेमबार १३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.