कोरोनाले निम्त्याएको बहुआयामिक गरिबी

  २०७७ भदौ २५ गते १६:१९     राजेन्द्र प्रसाद अवस्थी

अहिले कोभिड–१९ को कारणले विश्वको अर्थतन्त्रको स्थिति नाजुक अवस्थामा पुगेको छ । यसको प्रभाव हरेक क्षेत्रमा चारैतिरबाट परेको छ । मुलुकमा कमजोर राजस्वको आम्दानी र सार्वजनिक खर्च उच्च वृद्धिका कारण अधिकांश मुलुक ऋणको संकटमा फसेका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमका कारण मुलुकमा पटक–पटक गरेर पाँच महिनाभन्दा बढी लकडाउन भयो । यसले उत्पादन, सेवा क्षेत्र र विप्रेषण आप्रवाहमा ह्रास भई आर्थिक वृद्धि नराम्रो सूचकमा घट्ने प्रक्षेपण गरिएको छ । नेपालको कुल ग्राहस्थ उत्पादन चालु आर्थिक वर्षमा ५.३ प्रतिशत खुम्चने अनुमान छ ।

होटल, व्यवसाय, यतायात लगायत थुप्रै सेवा क्षेत्रमा बढी प्रभाव परेको देखिन्छ । यसबाट थुप्रैले रोजगारी गुमाएको कारण बढी प्रभावित भएको हो । कोरोनाकै कारणले विश्वको अर्थतन्त्र २.२ प्रतिशतले खुम्चने एवम् शक्तिशाली भनिएका मुलुकमा आर्थिक मन्दीमा धकेलिने अनुमान पनि धेरै अर्थशास्त्रीहरुले गरेका छन्

बहुआयामिक गरिबीका सुचक शिक्षा, स्वास्थ्य जीवनस्तर यी तिनओटै विषय वस्तु र यस अन्तर्गतका अन्तर सुचकांकहरुमा नकारात्मक असर पार्दै आएको छ । कोरोना भाइरसको महामारीले हरेक क्षेत्रमा रहेका दिगो विकासका लक्ष्यलाई चुनौति दिएको छ । यसको दिर्घकालिन र बहुआयमिक असर पर्यटन, यातायात, विप्रेषण, रोजगार सेवा र उद्योग क्षेत्रमा परेको छ । यसको तत्कालिन र दीर्घकालिन असरले बहुआयमिक गरिबीका स्तम्भ र जीवनयापनमा गहिरो रुपले असर पर्ने देखिन्छ ।

हाल नेपालको बहुआयमिक गरिबी २८.६५ प्रतिशत रहेको छ । पन्ध्रौं योजनाले यसलाई १३.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । जुन लक्ष्य प्राप्त गर्न निकै चुनौति देखिन्छ । हाल नेपालमा वैदेशिक रोजगारी गुमाएर भारत लगायत अन्य देशबाट नेपाल भित्रिनेको संख्या निकै ठूलो रहेको छ ।

अर्को तिर नेपालमै पनि शहरबाट गाउँ फर्केका लाखौं मजदुरहरुलाई आधारभुत आवश्यकतले पिरोल्ने अनुमान पनि धेरैको छ ।
लामो समयसम्म मुलुक बन्दाबन्दीकै अवस्थामा रहेकोले मजदुरहरुलाई छाक टार्न निकै गाह्रो भएको छ । दैनिक ज्यालादारीमा काम गर्ने, बीमा, औषधि उपचार नहुने लगायत सामाजिक सुरक्षामा पनि संलग्न नहुने अवस्थामा छन् ।

आर्थिक गतिविधि ठप्प हुँदा र स्वदेश तथा विदेशमा रहेका लाखौं मजदुरले रोजगारी गुमाउँदा मुलुकमा आर्थिक संकट पर्नुका साथै थुप्रै नागरिक भोकमरीको सिकारमा पर्न सक्ने अवस्था आउन सक्छ ।

अहिले सबै क्षेत्र वर्ग, तहतप्काका नागरिकमा गम्भीर आर्थिक विपत आई लागेको छ । विश्वमै महामारीका रुपमा रहेको कोरोना भाइरसको कारणले विकास निमार्णको गतिमा शिथिलता उत्पन्न भएको छ । कोरोना भाइरससँगै नेपालमा अन्य ठूला प्राकृतिक विपत्ती समेत आई लागेका छन् । जसले गर्दा मुलकुमा गरिबीको संख्यामा वृद्धि भइरहेको छ ।

मुलुकको अर्थतन्त्र चौपट भएको छ । औषधि उपचार नभएको भाइरसले हाम्रो ठूलो जनसंख्या गरिबीको रेखामुनि धकेलिँदै छ ।
मुलकुको आर्थिक गतिविधि ठप्प परेको ठूलो संख्यामा जनताको रोजगारी गुमेकाले धेरै नागरिक भोकमरिको सिकार हुन सक्छन् । बेरोजगारी, न्यून आय, न्यून लगानी, न्यून उत्पादन हुन्छ । जसले गर्दा गरिबीको संख्या बढ्दै जान्छ । विज्ञहरु तथा आधिकारिक प्रतिवेदनका अनुसार बन्दाबन्दीको अवस्था थपिँदै जाने हो भने मुलुक भयावह स्थितिमा जान्छ । यसबाट पर्ने असर सबै जनताले भोग्नु पर्ने बाध्यता रहन्छ ।

कोभिड १९ ले सर्वाङ्गीण क्षेत्रमा असर पारेको देखिन्छ । यसको अन्त्य कसरी र कहिले हुन्छ भन्ने कुराको कुनै टुङ्गो नभएकोले यस रोगका विरुद्धमा सबैले लड्नु जरुरी छ । कोरोना रोकथामममा भरपुर उपायहरु अबलम्बन गर्नुपर्छ । गरिबीको चपेटामा फसेका जनता, रोजगारी गुमाएका जनता मजदुरवर्गहरुलाई राहत पुग्ने गरी सामाजिक सुरक्षाका कार्यक्रमहरु ल्याउनु जरुरी छ ।

रोजगारी गुमाएकालाई स्वदेशमै केही गर्ने वातावरणको सृजना गरी मुलुकको उत्पादन र उत्पादकत्वमा वृद्धि गरी, गरिबी निवारणमा सहयोग पुर्याउँनु पर्छ । शिथिल परेको अर्थतन्त्रलाई गतिशिल बनाई कोरोनाको असरलाई न्यूनिकरण गर्दै नागरिकको आधारभुत आवश्यकता स्वास्थ्य, खाद्यान्न, खानेपानी, पोषण, शिक्षा क्षेत्रमा परेको असरलाई न्यूनिकरण गरिनु पर्छ ।

यसका लागि संघ, प्रदेश र स्थानीय तहको सरकार क्रियाशील एवम् प्रभावकारी रुपले प्रस्तुत हुनु जरुरी छ । विभिन्न संघ संस्था तथा संयन्त्रहरुमार्फत शिक्षा, स्वास्थ्य, जीवनस्तर लगायत सूचांकहरुमा परेको असर न्यूनिकरण गर्दैै बहुआयमिक गरिबीलाई रोक्नुपर्छ । यसले सम्वृद्ध नेपाल सुखी नेपालीको नारा साकार गर्नमा मद्दत पुग्छ ।

(लेखक बझाङको सुर्मा गाउँपालिकाका आन्तरिक लेखा परीक्षक हुन् )

2 comments on "कोरोनाले निम्त्याएको बहुआयामिक गरिबी"

  • Prem Bist says:

    बहुअायामिक गरिबी र काेराेना भाइरसले पारेकाे वर्तमान र दुरगामी असर विशेषगरी नेपाल र विश्वव्यापी सन्दर्भलाई केस्रा केस्रा पारी केलाएर लेखिएको याे अालेखले सम्पूर्ण सामाजिक सरकारी,गैरसरकारी संघसंस्थादेखि सरकार र विश्व जगतलाई समेत झक्झकाउने प्रयास गरेकाे छ।लेखकले वर्तमान वस्तुस्थिति र अाफ्नाे व्यक्तिगत रायलाई समेत गहन तरिकाले प्रस्तुत गर्नुभएकाे छ!

  • Prem Bist says:

    गहन अालेख!निरन्तरताको लागि शुभकामना!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.