महालक्ष्मी विकास बैंकका ग्राहकलाई सेन्ट्रल डायगनोस्टिक ल्याबमा पिसिआर परीक्षण गर्दा छुट

  २०७७ भदौ २१ गते १५:४९     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकले कोभिड १९ जाँच्ने पिसिआर परीक्षण गर्दा सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीमा १५ प्रतिशत छुट पाउने भएका छन् ।

ग्राहकहरुलाई यसका साथै अन्य गुणस्तरीय स्वास्थ्य सेवामा छुट प्रदान गर्ने उद्देश्यले दुई कम्पनिबिच सम्झौता भएकाे छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश प्रसाद गुप्ताले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौता अनुसार बैंकको डेबिट कार्ड तथा मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु, कर्मचारी लगायत कर्मचारीका परिवारले सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा छुट पाउनेछन् । सम्झौता अनुसार बैंकका डेबिट कार्ड तथा मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु, कर्मचारी साथै कर्मचारीका परिवारले जनरल प्याथोलोजी टेष्टमा अधिकतम २५%, र पिसिआर टेष्टमा अधिकतम १५ % आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.