लकडाउनमा जुमको कमालः अनुमान गरेकोभन्दा पनि बढी नाफा, प्रयोगकर्ता पनि ह्वात्तै बढे

  २०७७ भदौ १६ गते १५:२३     विकासन्युज

काठमाडौं । भिडियो कन्फ्रेन्सिङ एप जुमले कोरोना भाइरसले विभिन्न देशमा भइरको लकडाउनको समयमा धेरै नाफा गरेको छ । यो संकटको अवस्थामा जुमले दोब्बरभन्दा बढी नाफा गरेको छ ।

लकडाउनको सबैमा धेरैले जुम एप प्रयोग गरेपछि त्यसको नाफामा वृद्धि भएको हो । तीन महिनाको अवधिमा जुमले ३५५ प्रतिशत नाफा गरेको छ ।

छोटो समयमा नै चर्चित बनेको जुमको अत्यधिक प्रयोग भएकै कारण छोटो अवधिमै जुमले धेरै नाफा कमाउन सफल भएको हो । जुलाई ३१ सम्मको तीन महिनाको अवधिमा ५० लाख ५ हजार डलर नाफा कमाउने अनुमान रहेकोमा ६६ लाख ५० हजार डलरभन्दा बढी नाफा कमाएको छ ।

सन् २०१९ को यही अवधिको तुलनामा जुमले १८ लाख ६० हजार डलर बढी नाफा कमाएको हो । यस अवधिमा भर्चुअल प्रविधि जुमको प्रयोग गर्ने ग्राहकको संख्या भने ४५८ प्रतिशतले वृद्धि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.