विपन्न परिवारका लागि फुड बैंक सञ्चालनमा, प्रतिव्यक्तिले कति पाउँछन् ?

  २०७७ भदौ १६ गते १२:१३     विकासन्युज

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न परिवारका लागि यहाँ फुड बैंक सञ्चालनमा ल्याइएको छ ।

निशेधाज्ञाका कारण रोजगारी गुमाएका परिवारलाई लक्षित गरी आजदेखि ‘फुड बैंक’ सञ्चालनमा ल्याइएको हो । फुड बैंकमा एक जना व्यक्तिलाई अढाइ केजी चामल, आधा लिटर तेल, २५० ग्राम दाल, सोयाबिन र नुन रााखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर सभापति सागर थापा र सचिव हेम कार्कीसहितको टोलीले २० क्विण्टल चामलसहित खाद्यान्न सङ्कलन गरी फुड बैंकको व्यवस्थापन गरेका छन् ।

फुड बैंकका लागि निर्माण व्यवसायी, विद्यार्थी, राजनीतिक दलका नेता, सामाजिक क्षेत्रका अगुवा एंव स्वयंसेवक युवाले योगदान पुर्याएका छन् । यो अभियानबाट आर्थिक अवस्था नाजुक भएका परिवारलाई राहत पुग्ने नेकपा नगर अध्यक्ष थापाले बताए । बन्दाबन्दी र निषेधाज्ञाका कारण मारमा परेका विपन्न र मजदूर परिवालाई भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले खाद्यान्न सामग्री पुर्याउन ‘फुड बैंक’ स्थापना गरिएको फुड बैंक सोसाइटीका संयोजक सुरज कटुवालले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.