एनएमबि बैंकका ग्राहकले सरल किस्तामा सामसङ्गको मोबाईल किन्न पाउने

  २०७७ भदौ १२ गते १९:४६     विकासन्युज

काठमाडौं ।  एनएमबि बैंक र आईएमएस बीच मोबाईल फोनको खरीदमा शुन्य प्रतिशत ईएमईमा कर्जा प्रदान गर्ने विषयमा सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी भएकाे छ । समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख-रिटेल बैंकिङ्ग रोशन रेग्मी र आईएमएसका तर्फबाट प्रबन्धक-सेल्स एण्ड अपरेशन नारायण प्रसाद भुषालले हस्ताक्षर गरेका हुन् ।

यस अन्तर्गत एनएमबिका ग्राहकहरुले सामसङ्ग मोबाईलको आधिकारीक वितरक आईएमएसबाट स्मार्टफोन र अन्य ग्याजेटहरुको खरीदमा ‘एनएमबि सुलभ किस्ता’ योजना अन्तर्गत ९ महिनासम्मको सरल किस्तामा समानहरु खरीद गर्न सक्नेछन् ।

एनएमबि बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

4 comments on "एनएमबि बैंकका ग्राहकले सरल किस्तामा सामसङ्गको मोबाईल किन्न पाउने"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.