कामना सेवा विकास बैंकका ग्राहकलाई पीसीआर परिक्षणमा विशेष छुट

  २०७७ भदौ १२ गते १७:१३     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले पीसीआर परिक्षणमा १५ प्रतिशतको विशेष छुट पाउने भएका छन् । जसको लागि विकास बैंकले सूरिया हेल्थ केयर प्रा. लिसँग सहकार्य गरेको छ ।

बैंक र हेल्थ केयरको यस सहमति अनुरुप अब कामना सेवा विकास बैंकका सबै ग्राहकले सूरिया हेल्थ केयरमा कोरोना संक्रमण सम्बन्धी गरिने पीसीआर परिक्षण गर्दा १५ प्रतिशतको विशेष छुट प्राप्त गर्नेछन् । यस सहमति अनुसार ग्राहकले आर्थिक सहुलियत सहित सहज रुपमा कोरोना परिक्षण गरी लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।

विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) ले ल्याएको यस विषम परिस्थितिलाई मध्यनजर गर्दै बैंकले उक्त सेवा सुविधा उपलब्ध गराउने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.