उन्नति सहकार्य लघुवित्तको साधारण सेयर सूचीकृत

  २०७७ भदौ ११ गते १७:३८     विकासन्युज

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको १४ लाख ९५ हजार ३ सय ६६ कित्ता साधारण सेयर सूचीकृत भएको छ । उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिए पश्चात बनेको उन्नति सहकार्य लघुवित्तको बिहीबार मात्रै सो मात्राको साधारण सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो ।

यी दुई संस्था १ बराबर ०.७५ को अनुपातमा एक आपसमा गाभिएका हुन् । त्यसपश्चात प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रुपैयाँ दरको १४ लाख ९५ हजार ३ सय ६६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै संस्थाको आगामी आइतबारदेखि दोश्रो बजारमा सेयर किनबेच हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.