अब कनेक्ट आइपीएसमा नेपाल बङ्गलादेश बैंककाे खाता अनलाईनबाट जाेड्न सकिने

  २०७७ भदौ ११ गते ९:४७     विकासन्युज

काठमाडाैं । नेपाल बङ्गलादेश बैंकले कनेक्ट आइपीएसमा खाता लिंक गरी भेरीफाई गराउने सम्पूर्ण प्रकृयालाई स्वचालित गरी अनलाईनबाटै गर्न सकिने व्यवस्थाको थालनी गरेको छ ।

यस व्यवस्थासँगै बैंकका ग्राहकहरुले अनलाईनबाटै कनेक्ट आइपीएसमा आफ्नो खाता भेरीफाई गराउन सक्नेछन् भने बैंकको शाखा नै पुगेर फारम बुझाई भेरीफाई गराउने बाध्यताको पनि अन्त्य भएको छ ।

बैंकका ग्राहकले कनेक्ट आइपीएसमा लिंक अकाउन्ट भित्र आफ्नो खाता लिंक गरिसकेपछी सेल्फ भेरिफाई अकाउन्टमा क्लिक गरी खातालाई भेरीफाई गराउन सक्दछन् । यस प्रकृयामा ग्राहकको विवरण वान टाइम पासवड वोटिपी र माइक्रो डिपोजिट्सको आधारमा सुरक्षित रुपमा अनलाईन भरिफिकेसन हुने व्यवस्था रहेको छ ।

नेपाल बङ्गलादेश बैंकबाट सुरुवात गरिएको यस व्यवस्थालाई अन्य सदस्य बैंक वित्तिय संस्थाहरुमा पनि चाँडै नै सुरुवात गर्न आवश्यक तयारी भइरहेको बैंकले जनाएकाे छ ।

One comment on "अब कनेक्ट आइपीएसमा नेपाल बङ्गलादेश बैंककाे खाता अनलाईनबाट जाेड्न सकिने"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.