कृषि विकास बैंकले २४ अर्बको ऋणपत्र ल्याउँदै

  २०७७ भदौ १० गते १७:२७     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले २४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गर्ने तयारी गरिरहेको छ । बैंकले प्रति ऋणपत्र १ हजार रुपैयाँका दरले १० वर्षका लागि ‘कृषि बण्ड’ निश्कासन गर्ने तयारी गरिरहेको जनाएको छ ।

बैंकका अनुसार २४ अर्ब रुपैयाँको ऋणपत्र २ करोड ४० लाख कित्ताको हुनेछ । बैंकले पहिलो चरणमा भने ५ देखि ६ अर्ब रुपैयाँसम्मको ऋणपत्र निश्कासन गर्ने तयारी गरिरहेको बैंकका प्रवक्ता हिमलाल पौडेलले बताए ।

‘हामी अहिले आन्तरिक तयारीमै छौं, ऋणपत्र कहिले निश्कासन गर्ने भन्ने यकिन भएको छैन, पहिलो चरणमा भने ५÷६ अर्ब रुपैयाँसम्मको निकाल्ने कि भन्ने कुरा भइरहेको छ,’ उनले भने ।

उनका अनुसार सो ऋणपत्रका लागि बैंकहरुले मात्र आवेदन दिन सक्नेछन् । ऋणपत्र सर्वसाधारणरणका लागि नभई सम्पूर्ण बैंकहरुका लागि भएको उनको भनाई छ ।

उनका अनुसार पहिलो चरणमा निश्कासन हुने ऋणपत्र ५ अर्बको भए ५० लाख कित्ता र ६ अर्बको भए ६० लाख कित्ता ऋणपत्र निश्कासन हनेछ ।

‘पहिलो चरणमा निश्कासन गरेको ऋणपत्रको मागका आधारमा विस्तारै निश्कासन गर्दै जान्छौं, कोभिडको समस्या समाधान भएर सहज वातावरण बन्यो भने ऋणपत्र जारी गर्दै जानेछौं, अहिदे बैंक सम्पूर्ण तयारीमा जुटेको छ,’उनले भने ।

अहिले बैंकले आन्तरिक कमिटी गठन गरेर काम गरिरहेको छ । बैंकले यो रकम कृषिमा लगानी गर्ने उनको भनाई छ । न्युनतम कति कित्ता र अधिकतम कति कित्तासम्म आवदेन दिन सकिने त्यो विस्तारै थाहा हुने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.