विदेश भ्रमण गर्ने घटे, नेपालबाट बाहिरिने पैसा बच्यो

  २०७७ भदौ ८ गते १८:४३     विकासन्युज

काठमडाैं । गत आर्थिक वर्ष २०७६/७७ माम विदेश च्रमण गर्नेहरुमा कमि आएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आर्थिक प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा सेवा खाता अन्तर्गत भ्रमण व्यय ४०.९ प्रतिशतले घटी रु.५३ अर्ब १४ करोड कायम भएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा खुद सेवा आय रु.१ अर्ब २२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष खुद सेवा आय रु.१५ अर्ब २३ करोडले घाटामा रहेको थियो । आर्थिक वर्ष २०७६÷७७ मा सेवा खाता अन्तर्गत भ्रमण आय १९.२ प्रतिशतले कमी आई रु.६० अर्ब ८९ करोड कायम भएको छ ।

अघिल्लो वर्ष यस्तो आय रु.७५ अर्ब ३७ करोड रहेको थियो । शिक्षातर्फको व्यय रु.२५ अर्ब ८१ करोड रहेको छ । अघिल्लो वर्ष भ्रमण व्यय रु.८९ अर्ब ९१ करोड रहेकोमा शिक्षातर्फको व्यय रु.४६ अर्ब ३२ करोड रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.