आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीको पुस्तक ‘अर्थतन्त्रमा कोरोना कहर’ सार्वजनिक

  २०७७ साउन २९ गते २०:०३     विकासन्युज

काठमाडाैं । आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीको पुस्तक ‘अर्थतन्त्रमा कोरोना कहर’(इ-बुक संस्करण)मा सार्वजनिक भएको छ । बुढाथोकीको यो तेस्रो पुस्तक हो । यसअघि बुढाथोकीको आर्थिक उदारीकरणको २० वर्ष र समाकालीन नेपाली अर्थतन्त्र विषयक २ पुस्तक सार्वजनिक भइसकेका छन् । सरल नेपाली भाषामा सकेसम्म कम आर्थिक शब्दावली प्रयोग गरेर नेपालको अर्थ-सामाजिक क्षेत्रमा कोरोना भाइरस महामारीले पारेको प्रभावहरूबारे अध्ययन सहायक सामग्रीका रूपमा यो पुस्तक तयार पारिएको हो ।

गत २०१९ को डिसेम्बर महिनामा चीनको वुहान सहरबाट देखापरेको नव कोरोना भाइरस (कोभिड-१९)ले विश्वव्यापी अर्थतन्त्रमा निकै गहिरो प्रभाव पारेको छ । अन्तर्रराष्ट्रिय मुद्रा कोष (आईएमएफ), विश्व बैंक, ओइसीडी, सीपीआरलगायतका विश्व आर्थिक संस्थाहरूले यसले पार्ने असरका विषयमा आफ्ना प्रक्षेपण वा अनुमानहरूमा समेत समय-समयमा परिवर्तन गर्दै लगेका छन् । नेपाली अर्थतन्त्रमा कस्तो र कति गहिरो प्रभाव पर्छ भन्ने विषयमा अहिले नै यसै भन्न सकिने अवस्था छैन । फरक फरक आर्थिक संस्थाहरूले नेपालको अर्थतन्त्रमा पर्ने प्रभावबारे केही स्थितिपत्र, द्रूत अध्ययन मूल्यांकन र सर्वेहरू गरेका छन् । प्रायः ती अध्ययनहरू अंग्रेजी भाषामा तयार पारिएका र एकीकृत नहुँदा कोरोनाले अर्थ-सामाजिक क्षेत्रमा पार्ने प्रभावका विषयमा अहिले पनि एक किसिमको अन्योल नै छ ।

कोरोनाले पारेको असरका विषयमा राष्ट्रिय-अन्तर्राष्ट्रिय निकायहरूका प्रतिवेदनका आधारमा तयार पारिएका सामग्रीहरूबाट नेपालका कोरोना भाइरसले पारेको असरको प्रारम्भिक मूल्यांकनका लागि एकीकृत रूपमा पुस्तकाकार रुप दिइएको हो । यसले सबै अध्येतादेखि सर्वसाधारणका लागि समेत सन्दर्भ सामग्रीका रूपमा काम गर्ने र भविष्यमा कोरोनाका आर्थिक असरबारे अध्ययनपत्रहरू तयार गर्न सहयोगी हुने लेखकले विश्वास लिएका छन् ।

लेखक बुढाथोकी विगत २५ वर्षदेखि आर्थिक पत्रकारितामा संलग्न  रहेका छन् ।

One comment on "आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीको पुस्तक ‘अर्थतन्त्रमा कोरोना कहर’ सार्वजनिक"

  • हेमनाथ खतिवडा says:

    बधाइ छ दाजु । सक्रिय पत्रकारिता साथै कृतिका लागि । यहाँलाइ अागामी जीवन शुखमय रहाेस् यही कामना छ । पुस्तक हात पर्न मुस्किल छ । समय अनुकुल भएपछि खाेजेर पढ्ने छु । हार्दिक अभार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.