७५ करोडको साधारण सेयर निष्काशन गर्दै सिटिजन लाइफ इन्स्योरेन्स, बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल

  २०७७ साउन २७ गते १८:३८     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७५ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्न लागेको छ । यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका ७५ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

सिटिजन लाइफले सार्वजनिक निष्काशनका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । यस सम्बन्धी सम्झौता–पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

अधिकृत पुँजी ३ अर्ब रुपैयाँ रहेको कम्पनीमा संस्थापक शेयरधनीबाट १ अर्ब ७५ करोड रुपैयाँ चुक्ता भईसकेको । सर्वसाधारणका लागि छुट्टाईएको रकम रु ७५ करोड निकट भविष्यमा सर्वसाधारणलाई शेयर जारी गरी कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्दैछ ।

सिटिजन लाइफ गत आ.व. २०७६/७७ मा आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमा कोष बलियो बनाउँदै सो मा १६४ प्रतिशतले र कुल बीमा शुल्क आर्जनमा ६९ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । जगेडा तथा कोषको आकार पनि २२ करोड ८६ लाखबाट ११७ ले वृद्धि गरी ४९ करोड ६१ लाख र लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ३१ प्रतिशतको वृद्धि गरी ३३ करोड ८३ लाख रुपैयाँ पु¥याउन सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.