यी हुन् गोंगबुमा पुरुषको हत्या गर्ने महिला

  २०७७ साउन २७ गते १३:१५     विकासन्युज

काठमाडौं । राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोंगबु नवज्योति मार्गमा रोल्पाका कृष्ण बहादुर बोहोरा हत्या गर्ने महिलालाई प्रहरीले पक्राउ गरेर पनि सार्वजनिक गरिसकेको छ ।

उनलाई आज प्रहरीले सार्वजनिक गरेको हो । उनलाई हिजो मात्रै प्रहरीले पक्राउ गरी काठमाौं ल्याएको थियो । ती महिलाको नाम कल्पना मुडभरी (पौडेल) हो । उनको घर रोल्पा भएको बुझिएको छ ।

उनी मृतक बोहराको हत्या गरी चितवन गएकी थिइन् । उनलाई प्रहरीले हिजो मात्रै चितवनबाट नै पक्राउ गरी काठमाडाैं ल्याएको हो । उनी कलाकार समेत रहेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कल्पनाले केही टेलिश्रृंखलामा अभिनय गरेकी छिन् । ती महिला र मृतकबीच आर्थिक कारोबारको विवाद रहेको बताइएको छ भने यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार मृतक बिगत ८ महिनादेखि होटलमा बस्दै आएका थिए भने कल्पनाबीच फेसबुकमार्फत चिनाजानी भएर निकटता बढेको थियो ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा चितवनबाटै १० कक्षामा अध्ययनरत अर्का एकजनालाई पनि पक्राउ गरेको बताएपनि उनको पहिचान खुलाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.