सिद्धार्थ बैंकको नाफा २ अर्ब ९ कराेड

  २०७७ साउन २६ गते १२:०१     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७६/०७७ मा २ अर्ब ९ करोड २७ लाख ७० हजार रूपैयाँ खुद नाफा गरेको छ । बैंकले अघिल्लाे आर्थिक वर्ष २०७५/०७६ को मा २ अर्ब २५ करोड ७६ लाख ८८ हजार रूपैयाँ नाफा गरेकाे थियो ।

बैंकले अघिल्लो आर्थिक वर्ष ३ अर्ब २८ करोड ३७ लाख ४ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो भने गत आर्थिक वर्षमा ३ अर्ब ६ करोड ५६ लाख ४१ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

बैंककाे वितरणयोग्य नाफा ८६ करोड ६४ लाख ८४ हजार रुपैयाँ रहेको छ ।

यस्तै, बैंकले १ खर्ब ३९ अर्ब ६० करोड ९४ लाख ९७ हजार निक्षेप संकलन गरेको छ । उक्त रकम अघिल्लो वर्षभन्दा २१ प्रतिशत बढी हो । बैंकले अघिल्लो वर्षको भन्दा १८ प्रतिशत बढी अर्थात १ खर्ब २३ अर्ब ४४ करोड ८० लाख ८९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निष्किय कर्जा १ दशमलव ५६ प्रतिशत रहेको छ ।

बैंककाे चुक्ता पूँजी ९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार रुपैयाँ छ ।

बैंककाे प्रतिसेयर आम्दानी  २१ रुपैयाँ ३८ पैसा छ । बैंकको प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ २२ पैसा कायम भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.