रुग्ण उद्योगको समस्या र सञ्चालनकाे अध्ययन गर्न कार्यदल गठन

  २०७७ साउन २२ गते १७:३०     विकासन्युज

काठमाडौं । सरकारले रुग्ण उद्योग समस्या र सञ्चालन उपायबारे अध्ययन प्रतिवेदन पेश गर्न कार्यदल गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारकाे प्रवक्ता तथा अर्थ र सूचना तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले साे कूरा जानकारी दिएका हुन् ।

पूर्व सञ्चार सचिव दीपक सुवेदीको संयोजकत्वमा अन्य पाँच सदस्य कार्यदलमा रहेको उनले बताए । कार्यदलमा उद्योग, वाणिज्य र बैंकिङ तथा आर्थिक क्षेत्रका तीन विज्ञ, मन्त्रालय मातहतका भौतिक पूर्वाधार तथा वातावरण महाशाखा प्रमुख र औद्योगिक तथा लगानी प्रर्वधन महाशाखाका प्रमुख सहसचिव सदस्य सचिव तोकिएका छन् ।

उद्योग, वाणिज्य र बैंकिङ तथा आर्थिक क्षेत्रका विज्ञमा पूर्व सहसचिव जीवराज कोईराला, बैंककिङ क्षेत्रबाट नेपाल राष्ट्र बैंकबाट कामु कार्यकारी निर्देशकबाट अवकासित डा।गोपाल भट्ट र लेखा परीक्षक कृष्णप्रसाद आचार्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.