भूकम्पले काठमाडाैं हल्लायाे

  २०७७ साउन २१ गते १६:३९     विकासन्युज

काठमाडाैं । काठमाडौं उपत्यकामा भर्खरै मात्र भूकम्पको धक्का महसुस गरिएको छ । बुधवार अपराह्न ४ बजेर ३० मिनेट जाँदा काठमाडौं र त्यस आसपासमा भूकम्पको धक्का महसूस भएको हो ।

ललितपुरको बंगलामूखी केन्द्र बनाएर ३.५ रेक्टरको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको धक्का काठमाडौं, ललितपुर र भक्तपुर लगायतका जिल्लामा महसुस गरिएको थियो ।

गएराति पनि काठमाडौंको थापाथली केन्द्र बनाएर २.७ रेक्टरको भूकम्प गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.