फेरि लकडाउन हुने सम्भावना बढ्याे, बाहिर हिडडुलमा पनि कडाई

  २०७७ साउन २० गते १३:४७     विकासन्युज

काठमाडाैं । देशका काेराेना भायरसकाे जाेखिम बढेसँगै पुन: लकडाउन हुन सक्‍ने सम्भावना बढेकाे छ । देशमा पुन: लकडाउन गर्ने वा नगर्ने भन्ने बारे प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न विज्ञहरुसँग छलफल गर्दैछन् ।

यही बीचमा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै अनावश्यक रुपमा बाहिर ननिस्कन सर्वसाधारणहरुलाई अनुराेध गरेकाे छ ।

मंगलबार विज्ञप्ती जारी गर्दै मन्त्रालयले यस्ताे आग्रह गरेकाे छ । काठमाडाैं उपत्यकामा पछिल्लाे समय झन जाेखिम बढ्दै गएकाेले अनावश्यक रुपमा बाहिर ननिस्कन मन्त्रालयले सूचना जारी गरेकाे हाे । मन्त्रालयले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, भिडभाड नगर्न आग्रह गरेकाे हाे ।

यसका साथै संक्रमितहरुकाे सम्पर्कमा गएकाहरुले नजिककाे स्वाव संकलन केन्द्रमा गएर स्वाव संकलन गराउन पनि मन्त्रालयले अनुराेध गरेकाे छ ।

उपत्यकामा साेमबार ५१ जना कोरोना संक्रमित थपिएका थिए । हाल काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४९३ ललितपुरमा १०८ र भक्तपुरमा ६४ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ६६७ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.