निर्मला हत्या प्रकरण: एसपीसहित आठ प्रहरीलाई सफाई

  २०७७ साउन १५ गते १६:४७     विकासन्युज

काठमाडाैं । कञ्चनपुरकी १४ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको भन्दै मुद्दा खेपिरहेका एसपीसहितका ८ जना प्रहरीले सफाई पाएका छन् । कञ्चनपुर जिल्ला अदालतले आज उनीहरुलाई सफाइ दिएको हो ।

निर्मला पन्त प्रकरणमा प्रमाण नष्ट गरेको र हिरासतमा यातना दिएको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, प्रहरी नायव उपरीक्षकद्वय अंगुर जिसी (तत्कालीन सिआईबी), डीएसपी ज्ञानबहादुर सेठी (तत्कालीन जिल्लाका डीएसपी), प्रहरी निरीक्षकद्वय एकिन्द्रबहादुर खड्का र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्ट (तत्कालीन वडा प्रहरी इञ्चार्ज), प्रहरी नायव निरीक्षकद्वय हरसिंह धामी र रामसिंह धामी तथा प्रहरी जवान चाँदनी साउदविरुद्ध पक्राउ परेकालाई यातना र प्रमाण नष्ट गरेको भन्दै मुद्दा लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.