बाउन्स चेक काट्ने राजेन्द्र महर्जनलाई १० दिन कैद, पौने १६ लाख जरिवाना

  २०७७ साउन ११ गते १४:४५     विकासन्युज

काठमाडाैं । बाउन्स चेक काट्ने ललितपुरका ४७ वर्षीय राजेन्द्र कुमार महर्जनलाई १० दिन कैद र १५ लाख ७५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

इन्भेष्टमेन्ट बैंकमा खाता रहेका उनले बैंककाे खातामा पैसा नहुँदा नहुँदै पनि चेक काटेपछि उनलाई सो गरे वाफत बैंकिङ कसुर अन्तर्गत सजाय दिएको हो ।

उच्च अदालत पाटनको उनलाई गत वर्ष माघ २० गते १० दिन कैद र पन्ध्र लाख पच्चहत्तर हजार रुपैंया जरिवाना हुने ठहर गरेको थियो । तर उनी हालसम्म फरार रहेका थिए ।

उनलाई आज केन्द्रिय अनुसन्धान ब्युरोले काठमाडौंको कलंकीबाट पक्राउ गरी आजै ललितपुर जिल्ला अदालतमा पेश गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.