लगानी बोर्डको सीईओकाे लागि ५ जनाको नाम सिफारिस, को–को परे ?

  २०७७ साउन ६ गते २१:५०     विकासन्युज

काठमाडौं । नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)को लागि ६ जनाको नाम  सिफारिस गरिएको छ । अर्थ मन्त्रालयले राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीको संयोजकत्वमा गठन गरेको उपसमितिले १२ जना आवेदकहरुमध्ये ६ जनाको नाम छनोट गरी सिफारिस गरेको हो ।

सो पदका लागि १२ जनाको आवेदन परेकामध्ये ती ६ जनाको नाम अर्थमन्त्री डा. युवराज खतिवडा संयोजक रहेकाे समिति समक्ष सिफारिस भएको बताइएको छ ।

स्रोतका अनुसार लगानी बोर्डको सीईओको लागि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली, राष्ट्रिय याेजना आयाेगका सदस्य सुशिल भट्ट , विद्युत नियमन आयोगका पूर्व सदस्य रामकृष्ण खतिवडा, पूर्वसहसचिव लक्ष्मीविलास कोइराला  र लगानी प्राधिकरण प्रदेश १ का प्रमुख कार्यकारी अधिकृत सरोज कोइरालाको नाम छनोट गरी सिफारिस भएको हाे ।

अर्थमन्त्री डा‍. युवराज खतिवडा संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा‍.डा पुष्प कँडेल र अर्थशास्त्री प्रा.डा गोविन्द नेपाल सदस्य रहेको छनौट समितिले उनीहरूमध्ये ३ जनाको नाम सर्टलिस्ट गरी नियुक्तिका लागि मन्त्रिपरिषदमा पेश गर्नेछ। सिफारिस भएका तीनजनामध्येबाट एकजनालाई मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको सीईओमा नियुक्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.