सिभिल लघुवित्त वित्तीयको प्रमुख कार्यकारी अधिकृतमा विनोद आचार्य नियुक्त

  २०७७ असार ३१ गते १३:५२     विकासन्युज

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा विनोद आचार्य नियुक्त हुनु भएको छ । श्रावण १ देखि लागु हुनेगरी आचार्य प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

विगत दुई दशकभन्दा बढी समयदेखि लघुवित्त क्षेत्रमा क्रियाशिल रहेका आचार्यले व्यवस्थापन विषयमा एमपिए तथा एमविए गरेका छन् । केहि महिना देखि उनी वित्तीय संस्थामा का.मु. प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समालिरहेका थिए ।

यस अघिनै उनले आरम्भ लघुवित्त वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिसकेका छन् । यसै गरी आरम्भ लघुवित्त भन्दा अघि उनले डिप्रोक्स तथा नाडेप लघुवित्त वित्तीय संस्थाहरुमा महाप्रवन्धकको जिम्मेवारी सम्हालेका थिए ।

सभिल बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको यस वित्तीय संस्थाले हाल सम्म ४८ ओटा शाखाहरु मार्फत २७ ओटा जिल्लाहरुमा करिब ३३ हजार सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै १ अर्ब ३० करोड लगानी गरेकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.