एफएनसीसीआईको चुनावी सरगर्मी बढ्यो, ढकाल समुहको प्यानल घोषणा भोलि

  २०७७ असार २९ गते २२:१५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मी यतिखेर निकै तातेको छ । साउन २६ र २७ गते हुने भनिएको महासंघको चुनावी माहोल यतिखेर निकै बढेको छ । गत चैत २८ र २९ गते हुने भनिएको महासंघको चुनाव कोरोनाको स्थगित भएसँगै अब साउन २६ र २७ गतेका लागि तोकिएको छ ।

\चैतमा नै चुनावको माहोल तातेर पनि सेलाएको थियो । तर पुनः त्यो माहोलेल निरन्तरता पाएको छ । मतदाताहरुलाई आफ्नो पक्षमा पार्न आकांक्षीहरुले व्यक्तिगत तथा सामूहिक रुपमा भेटघाट तथा छलफल कार्यक्रमलाई तीव्रता दिइरहेका छन् । उनीहरु अहिले भेटघाटमै व्यस्त छन् ।

हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्नेछन् । महासंघको विधान बमोजिम आगामी कार्यकालको अध्यक्षको जिम्मेवारी हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई हस्तान्तरण हुनेछ । त्यसबाहेक वरिष्ठ उपाध्यक्ष, एशोसिएट्स, वस्तुगत र जिल्लारनगरको तर्फ गरी तीनजना विषयगत उपाध्यक्ष तथा ६५ जना कार्यकारिणी सदस्यका लागि भने निर्वाचन हुनेछ ।

वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले उम्मेदवारी घोषणा गरिसकेका छन् । ढकाल हाल एशोसिएट्सतर्फका उपाध्यक्ष हुन् भने प्रधान जिल्लारनगरतर्फका उपाध्यक्ष हुन् ।महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन्ने भएपछि निर्वाचनको सबैभन्दा आकर्षण वरिष्ठ उपाध्यक्ष पदका लागि हुनेछ । हाल उपाध्यक्ष रहेकाहरू नै वरिष्ठ उपाध्यक्षको दाबेदार देखिएका छन् ।

वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधान र चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरिसकेका छन् ।े ढकाल हाल एसोसिएट्सतर्फका उपाध्यक्ष हुन् भने प्रधान जिल्ला र नगरतर्फका उपाध्यक्ष हुन् । वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका ढकाल आईएमई समूहका अध्यक्ष हुन् । हाल एसोसिएट्स उपाध्यक्ष रहेका उनी यसअघि सो पदमा सर्वसम्मत रूपमा निर्वाचित भएका थिए । महासंघको एसोसिएटबाट राजनीति सुरु गरेका ढकाल इन्डोनेसियाका लागि अवैतनिक वाणिज्य दूतसमेत हुन् ।  उनी एक सफल व्यवसायी भनेर पनि परिचित छन् ।

वरिष्ठ उपाध्यक्षका अर्का प्रतिस्पर्धी किशोर श्रेष्ठ जिल्ला तथा नगर सभापतिमा सर्वसम्मत रुपमै निर्वाचित भएका व्यक्ति हुन् । उद्योग वाणिज्य संंघ मोरङबाट २८ वर्षअघि महासंघको राजनीतिमा आएका उनी अघिल्लो कार्यकाल वरिष्ठ उपाध्यक्ष पदमा शेखर गोल्छासँग पराजित भएका थिए । तत्कालिन जिल्लारनगर उपाध्यक्ष प्रमोद श्रेष्ठ बेनी नगरपालिकाको मेयरमा चुनाब लड्न गएपछि रिक्त रहेको स्थानमा उनलाई सर्वसम्मत चयन गरिएको हो ।

ढकालले जिल्ला तथा नगरसम्मको व्यवसायिक नेटवर्कलाई नै आफ्नो जितको मुख्य आधार बताउँदै आएका छन् भने उनका प्रतिस्पर्धी प्रधानले साना तथा मझौला उद्योगहरुको तर्फबाट आफूलाई अत्यधिक समर्थन प्राप्त हुने अवस्था रहेको र त्यो नै आफ्नो जितको मुख्य आधार भएको बताउँदै आएक छन् ।

कसको प्यानलमा को ?

नेपाल उद्योग वाणिज्य महासंघको प्रमुख पद वरिष्ठ उपाध्यक्षमा यस पटक रोचक भिडण्त हुन सक्ने अनुमान धेरैको छ । वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल र प्रधानले आ–आफ्नो प्यानल तयार पारिसकेका छन् । ढकालको समूहबाट एसोसिएट्स उपाध्यक्षमा रामचन्द्र सांघाई, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ तथा जिल्ला र नगर उपाध्यक्षमा गुणनिधि तिवारी छन् । यस्तै, किशोर प्रधानको प्यानलमा एसोसिएट्स उपाध्यक्षमा सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला र नगर उपाध्यक्षमा दिनेश श्रेष्ठले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

महासंघमा एसोसिएट्स उपाध्यक्षमा रामचन्द्र सांघाइ र सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ र जिल्ला नगरतर्फको उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । ढकाल समूहबाट एसोसिएट्स उपाध्यक्षमा उम्मेदवार बनेका सांघाई एनआईसी एसिया बैंकका सञ्चालक हुन् । त्रिवेणी समूहका प्रवन्ध निर्देशक उनलाई निकासीमा राम्रो योगदान गरेको भन्दै सरकारले सम्मान पनि गरेको थियो । उनीको मारवाडी समुदायमा राम्रो छवि रहेको धेरैको बुझाई छ ।

एसोसिएट्सतर्फ उम्मेदवारी दिने सौरभ ज्योति ज्योति समूहका सञ्चालक हुन् । अघिल्लो निर्वाचनमा एसोसिएट्स उपाध्यक्षमा उम्मेदवारी दिएका उनले चन्द्र ढकालका लागि सो पद छाडिदिएका थिए । ज्योति महासंघकै पूर्वअध्यक्ष पद्म ज्योतिका जेठा छोरा हुन उनी नाडाको अध्यक्ष हुँदै महासंघ प्रवेश गरेका थिए । उनी हाल महासंघको राजस्व समितिका सभापति छन् ।

यस्तै, वस्तुगत उपाध्यक्ष अन्तर्गत उमेशलाल श्रेष्ठर अञ्जन श्रेष्ठ बीच प्रतिस्पर्धा हुने भएको छ । उमेशलाल श्रेष्ठ हालका उपाध्यक्ष हुन् । उनी सोही पदमा दोहोरिन चाहेका छन् । चन्द्र ढकाल वरिष्ठ उपाध्यक्षमा चुनाव लड्ने भएपछि उनकै समर्थनमा श्रेष्ठ उपाध्यक्षमा दोहोरिन लागेका हुन् । त्यस्तै अञ्जन श्रेष्ठ हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक हुन् । उनी यसअघि नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष समेत थिए ।

त्यस्तै जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । तिवारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ का अध्यक्ष हुन् । उनी विगत १५ वर्षदेखि महासंघको केन्द्रीय कार्यकारिणी सदस्यका रूपमा क्रियाशील छन् ।

श्रेष्ठ यसअघि प्रदीपजंग पाण्डे र पशुपति मुरारकाको कार्यकालमा वस्तुगत उपाध्यक्ष भइसकेका व्यक्ति हुन् । उनी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष समेत हुन् ।

ढकाल समूहको प्यानल घोषणा भोलि

वरिष्ठ उपाध्यक्षका लागि मैदानमा उत्रिएका चन्द्र ढकाल समुहको प्यानलको उम्मेदवारी भोलि घोषणा हुने भएको छ ।

ढकाल समुह स्रोतका अनुसार उनले साउन २६ र २७ गते हुने साधारण सभार निर्वाचनका लागि भोलि प्यानल घोषणा गर्ने भएका हुन् । उनका प्रतिस्पर्धी अर्थात प्रधान समुहहले असार १६ गते नै सम्पर्क कार्यालय खोलेर नै प्रचार प्रसारमा तीव्रता दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.