बैंकमा तरलता प्रशस्त छ, ब्याज तिर्ने समयावधि थपिन्छः गभर्नर अधिकारी

  २०७७ असार २९ गते १३:५४     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ प्रणालीमा प्रशस्त तरलता रहेकोले व्याज तिर्ने समयावधि पनि थपिने बताएका छन् । सोमबार संसदको अर्थ समितिमा आगामी मौद्रिक नीतिबारेको छलफलका क्रममा उनले बैंकिङ प्रणालीमा १ खर्ब ६६ अर्ब २ करोड तरलता प्रशस्त रहेको बताएका हुन् ।

यस्तै, उनले पुनर्कर्जा कोषबाट ३० हजार ऋणीले सुविधा पाउने पनि बताएका छन् । उनले पुनर्कर्जा प्रदान गर्न राष्ट्र बैंकले कार्यविधि तयार पारिसकेको बताउँदै यसले उद्योग तथा रोजगारीको क्षेत्रमा ठूलो सहयोग पुर्याउने बताए ।

मौद्रिक नीति मार्फत कर्जाको ब्याजदर तिर्ने समय थपको व्यवस्था गर्ने उनको भनाई छ । ‘मौद्रिक नीति मार्फत ब्याज पुँजीकरण गर्ने नीति आउँछ, कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण हुन्छ, थप कर्जा प्रवाह गर्ने नीति आउँछ, साना तथा मझौला व्यवसायीलाई सहजीकरण गरिन्छ,’ उनले भने ।

यस्तै, उनले नयाँ मौद्रिक नीतिले आन्तरिक उत्पादन र रोजगारी प्रवद्र्धन हुने, उद्यमशीलता विकास हुने, विकासमूलक क्षेत्रमा वित्तीय स्रोत केन्द्रित गर्नेलगायतका व्यवस्था गनमा जोड दिने बताए । मौद्रिक नीति मार्फत डिजिटल प्रविधिलाई प्रोत्साहन गर्ने कुरा पनि प्राथमिकतामा परेको उनको भनाई छ ।

उनले कार्यक्रममा राष्ट्र बैंकले लघुवित्तको लाइसेन्स नदिने पनि बताएका छन् । उनले लाइसेन्सको प्रक्रियामा रहेकालाई समेत लाइसेन्स नदिने बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.