उन्नती सहकार्य लघुवित्तको सीईओमा प्रेम बहादुर पाठक नियुक्त

  २०७७ असार २८ गते १७:००     विकासन्युज

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रेम बहादुर पाठक नियुक्त भएका छन् । असार २६ गते बसेको संस्थाको सञ्चालक समितिको १५० औं बैठकले उनलाई आगामी ४ (चार) वर्षसम्मका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त सीईओ पाठकले असार २६ गतेदेखि नै लागु हुने गरी आफ्नाे कार्यभार सम्हालेका छन् । यससँगै उनले आगामी २०८१ सालसम्म प्रमुख कार्यकारी अधिकृतका रुपमा यस उन्नती सहकार्य लघुवित्तको नेतृत्व सम्हाल्नेछन् ।

उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज भए पश्चात उन्नति सहयकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड बनेको हो । सोहि नामबाट गत असार २६ गते शुक्रबारदेखि एकीकृत वित्तीय कारोबार शुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.