काठमाडाैं उपत्यकामा थपिए ६ जना कोरोना संक्रमित

  २०७७ असार २८ गते १६:२५     विकासन्युज

काठमाडाैं ।  काठमाडौं उपत्यकामा ६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ६ जना कोरोना संक्रमित थपिएकाे बताए ।

संक्रमितहरु काठमाडाैंकाे ५ जना र ललितपुरका १ जना रहेकाे गाैतमले बताए ।

आईतबार नेपालमा ८२ जना काेराेना संक्रमित थपिएका छन् भने १ सय ४७ जना संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा काेराेना संक्रमितकाे स‌ंख्या १६ हजार ८ सय १ पुगेकाे छ भने कुल निकाे भएर घर फर्किनेकाे संख्या ८ हजार ५ सय ८९ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३८ जको मृत्यु भइसकेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.