विश्वमा संक्रमितको १ करोड २१ लाख नाघ्यो, उपचारपछि निको भए ७० लाख बढी

  २०७७ असार २५ गते ६:४३     विकासन्युज

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट १ करोड २१ लाख ५५ हजार ४ सयभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । नेपाली समयअनुसार विहीबार विहान साढे ६ बजेसम्म संसारभरीका ५ लाख ५१ हजार १ सय ८४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

कोरोनाको उपचार पछि ७० लाख २५ हजारभन्दा बढी मानिस निको भएका छन् । पछिल्लो २४ घण्टा यता विश्वमा २ लाख १३ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ, भने ५ हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ ।

सबैभन्दा बढी अमेरिकामा ३१ लाख ५८ हजार ७ सयभन्दा बढी कोरोना संक्रमित छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३४ हजार ८ सयभन्दा बढी रहेका छन् । उपचारपछि १३ लाख ९४ हजारभन्दा बढी निको भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टा यता अमेरिकामा करिब ९ सय जनाको कोरोनाबाट मृत्यु भएको छ ।

ब्राजिलमा करिब १२ सय जनाको एक दिनमा कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोनाले भयाहक स्थित पैँदा गरेको ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६८ हजारभन्दा बढी रहेका छन् । ब्राजिलमा १७ लाख १६ हजार २ सय मानिसमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । निको हुनेको संख्या ११ लाख १७ हजार पुगेको छ ।

उच्च कोरोना संक्रमणको तेस्रो स्थानमा आइपुगेको छिमेकी देश भारतमा ७ लाख ६९ हजारभन्दा बढी संक्रमित छन् । २१ हजार १ सय ४४ जनाको मृत्यु भइसकेको छ भने ४ लाख ७६ हजार उपचार पछि निको भएका छन् ।

त्यस्तै नेपालमा हालसम्म १६ हजार ४ सय २३ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट ३५ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ७ हजार ७ सय ५२ जना कोरोना संक्रमित उपचार पछि निको भइ घर फर्किएका छन् । (वल्डोमिटर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.