मिर्मिरे लघुवित्तले एफपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त

  २०७७ असार २३ गते १७:५९     विकासन्युज

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ३७ हजार २ सय ६० कित्ता थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गर्ने भएको छ । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग नियुक्त भएको छ ।

सो सम्बन्धि सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेण्टका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र मिर्मिरे लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता मिर्मिरे लघुवित्तको बनेपा–८ स्थित रजिष्टर्ड कार्यालयमा असार २३ गते आयोजित एक कार्यक्रमबीच भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.