नेपालमा थप १ सय ८० जनामा कोरोना पुष्टि, सबैभन्दा बढी उपत्यकामा

  २०७७ असार २२ गते १६:३०     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १ सय ८० जनामा कोराेना भाइरस देखिएको बताए ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १५ हजार ९ सय ६४ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ६८ सय ११ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३५ जनाको मृत्यु भइसकेकाे छ ।

कतिकाे परीक्षण ?

हालसम्म २ लाख ५५ हजार ७ सय २८ काे पिसिआर विधि र ३ लाख ११ हजार ७ सय ६४ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ । सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन ।

हाल देशभर २९ हजार २ सय १५ जना क्वारेन्टिनमा रहेका छन् भने ९ हजार १ सय १८ जना आईसाेलेसनमा रहेका छन् ।

सम्बन्धित समाचारः
काठमाडाैं उपत्यकामा एकैदिन थपिए ५४ जना कोरोना संक्रमित, अहिलेसम्मकै उच्च

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.