ढलमा कोरोना देखिँदैमा आत्तिनु पर्दैन: जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डे

  २०७७ असार २२ गते १२:००     विकासन्युज

काठमाडौं । ढलमा कोरोना देखिँदैमा आत्तिनु नर्पेन जनस्वास्थ्यविद् रविन्द्र पाण्डेले बताएका छन् । सेन्टर फर मलिक्युलर डायनामिक्स नेपालले गरेको ‘ईन्भारुमेन्टल सर्भिलेन्स अफ सार्स’ नामक अध्यनमा काठमाडौंको दुई ठाउँको ढलमा कोरोना देखिएको थियो ।

पाण्डेले सिमित ठाउँमा गरिएको अध्यनले डराईहाल्नु पर्ने अवस्था नरहेका बताउँछन् । यद्यपी धेरै ठाउँमा परीक्षण गरेको अवस्थामा भने संभावित महामारीको पुर्व अनुमान गर्न सकिने उनले बताए ।

यस्तो किसिमको परीक्षण सर्भेको लागि गरिने गरिएको पाण्डेले बताए । टाइफाइड, हैजा लगायतका रोग समुदायमा छ कि छैन भनेर पनि यो खालको परीक्षण गर्ने पुरानो विधि हाे, उनी भन्छन् ।

कोरोना भाइरस जीवित कोषमा मात्र बाँच्न सक्ने हुनाले ढलमा देखिएको कोरोना भाईरस मानिसमा नर्सने उनले बताए । ढल मिसिएको पानी खाँदा पनि कोरोना संक्रमण सरेको प्रमाणित नभएको पनि पाण्डे बताउँछन् । ढलको परीक्षणबाट कोरोना भाइरसका टुक्रा, भाइरसको फोहोर वा जिन देखिने हा, पाण्डे भन्छन् ।

उनले भने, ‘स्पेनको बार्सिलोनामा गत २०१९ मार्च महिनामा ढलको परीक्षणमा कोरोना भाइरस देखिएको थियो । त्यस्तै ब्राजिलमा २०१९ नोभेम्बर २७ र डिसेम्बरमा इटलीमा पनि यो परीक्षण गरिएको थियो तर त्यो समयमा त्यहाँ कोरोना संक्रमणको महामारी फैलिएको थिएन । ढलमा देखिनेबित्तिकै महामारी हुँदैन, तर यसले के संकेत गर्छ भने समुदायमा संक्रमण छ, परीक्षण तीब्र गतिमा गर्नु जरुरी छ । ‘

यसलाई ध्यानमा राख्दै सरकारले परीक्षणहरुलाई तिव्रताको साथ बढाउनु पर्ने उनले बताए । यो समयमा सकभर घरभित्र बस्न र बाहिर जानुपरे सहि तरिकाले मास्क, चस्मा र पंजा लगाउन, मानिसहरुसँग ६ फिटको व्यक्तिगत दुरी कायम गर्न, भीडभाडमा नजान, साबुनपानीले पटकपटक हात धुने र हातले अनुहार छुने बानी हटाउन पाण्डे सुझाव दिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.