बैंक अफ काठमाण्डूद्वारा बीमा दावी भुक्तानी

  २०७७ असार २१ गते १६:४१     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूले मुद्दती खातामा एक लाख रुपैयाँ बराबराको बीमा दावी भुक्तानी गरेको छ । बैंकले यस कम्पनीमा मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आईरहेकी शुभद्रा श्रेष्ठलाई औषधी उपचारको लागत खर्च बापत उक्त रकम भुक्तानी गरेको हो ।

बैंकको सहायक महाप्रबन्धक मनिष कुमार सिंहले बैंकको निक्षेप ग्राहक शुभद्रा श्रेष्ठलाई उक्त बीमा दाबी रकम हस्तान्तरण गरेका हुन् ।

यस खातामा रहेका सुविधाहरुको लाभ लिन शुभद्रा श्रेष्ठले बैंक अफ काठमाण्डूको साँखु शाखामा बिओके सफलता मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आईरहेकी छिन् । श्रेष्ठले आफ्नो उपचारको लागि अस्पतालबाट बहिरंग सेवा लिएकी थिइन् ।

बैंकले सफलता मुद्दती खातामा रहेको बीमा सुबिधा सिद्धार्थ इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा उपलब्ध गराउँदै आईरहको छ ।

बैंक अफ काठमाण्डूले बिओके सफलता मुद्दती खातामा उच्चतम व्याजदरका साथ ११ लाख रुपैयाँसम्मको बीमा सुबिधा उपलब्ध गराउँदै आईरहेको छ । बीमा सुबिधा अन्तर्गत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तता लागि पाँच लाख रुपैयाँ, १८ घातक रोगहरुको लागि पाँच लाख रुपैयाँ तथा औषधी उपचारको लागि एक लाख रुपैयाँको बीमा सुविधा रहेको छ ।

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.